Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • रविका ड्राईभर छतबाट खसेको घटनामा मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लियो


    सोमबार, बैशाख ४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका ड्राईभर दिलबहादु थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएकाे छ ।

    रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले बताए ।

    भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ ।

    थापा कसरी छतबाट खसे भन्ने बारेमा थप अनुसन्धान गरेर मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    उनलाई अस्पताल ल्याएलगत्तै सबै चेकजाँच गरी टाउकोको शल्यक्रिया गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार