काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा गजेन्द्र ठाकुर नियुक्त भएका छन् । ततकालीन महानिर्देशक महेश भट्टराईलाई योजना आयोगमा अचानक सरुवा गरिएपछि महानिर्देशक पद डेढ महिनादेखि रिक्त थियो । अर्थका क्याडर भनेर चिनिएका ठाकुर तत्कालीन उद्योग मन्त्री दामोदर भण्डारीकै सिफारिसमा उद्योगमा सरुवा भएका हुन् । तर आफ्नो सरुवासँगै मन्त्रीबाटै भण्डारी बाहिरिएपछि ठाकुर हाजिर मात्रै गर्दैआएका थिए ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मधेशबाट निर्वाचित सांसद रमेश रिजाल नियुक्त भएपछि ठाकुरले आफू मधेशको भएकाले अवसर पाउनुपर्ने दाबी गरेपछि उनलाई पठाइएको भन्ने गरिएको छ । तर भित्री रहस्य भने अर्कै रहेको खुलेको छ । बीरगंजकै ब्यवसायी राकेशमान सिंहको सिफारिसमा रिजालले उनलाई बाणिज्यको डीजीमा पठाएको स्रोतको दाबी छ । स्रोतका अनुसार तेस्रो मुलुकबाट आयात भई अबैध रुपमा भारत निकासी हुने पोस्तादाना, केराउ, सुपारी लगायतका खाद्य सामग्रीको ब्यवसाय गर्दैआएका राकेशमानकै योजनामा ठाकुर बाणिज्य विभागको डीजी भएका हुन् ।
ठाकुरलाई महानिर्देशक बनाएर पोस्तादाना, केराउ, सुपारी लगायतको आयात खुलाउनका लागि बिचौलिया रामचन्द्र भट्ट लागिरहेका छन् । त्यसमा राकेशमानले लगानी गरेको र भट्टले शक्तिकेन्द्र मिलाएका हुन् । रामचन्द्र तिनै ब्यक्ति हुन्, कांग्रेस, माओवादी, एमाले सरकार हुँदा पनि बिचौलियाको भूमिका खेलेर महत्वपूर्ण नियुक्ति गराउन सफल हुँदैआएका छन् । मुख्यसचिव शंकरदास बैरागीका भित्रीया भएर उनका हरेक समस्या समाधान गर्ने भट्टले त्यही आधारमा अरुण तेस्रो जलबिद्युत आयोजनाको निर्माण गरिरहेको भारतीय कम्पनी सतलजबाट मासिक ४ लाख रुपैयाँ तलव सुविधा र गाडीसमेत पाउनेगरी नियुक्त भएका छन् ।
एमाले निकट भनेर चिनिने सहसचिव ठाकुर कांग्रेस मन्त्रीबाट महानिर्देशक बनेपछि प्रजातन्त्रवादी कर्मचारी नै आश्चर्यमा परेका छन् । बाणिज्य विभागको महानिर्देशक हुनका लागि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पनि आँखा लगाएका थिए । मन्त्रीलाई चुनाव जिताउने नै मै हो, नत्र बुडा हार्थे भनेर डीजी हुने कुरामा ढुक्कजस्तै रहेका ढकाललाई पोस्तादाना र सुपारी तस्करहरुले हिस्स पारिदिएका छन् । उनलाई मन्त्रीले उद्योग विभागको महानिर्देशक बनाउँला भनेर थामथुम पारिरहेका छन् ।
आधा दर्जनभन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी भएर लाभ लिइसकेका ढकाल आफू बसेको गृहजिल्लाकै उद्योग मन्त्रालयमा आएपछि दिनहुँजसो मन्त्रीकोमा जाने र डीजी बनाइदिनुपर्यो भन्दै अनुनय गरिरहेका छन् । उनी भन्सार विभागको महानिर्देशक हुन पनि लालायित थिए । तर प्रकाशशरणम महतको मन्त्रालयमा आरजु राणाको आदेश मात्र चल्ने भएपछि उनी भन्सारको डीजी हुने चाहना त्यागेर बाणिज्य हुँदै उद्योगतिर लम्किएका छन् ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend