काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि अनलाइन नक्सापास प्रणाली सुरू गरेको छ । आजदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरू गरेको हो ।
हाल नक्सापास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेको महानगरका मेयर बालेन शाहले जानकारी दिए । महिनौं लाग्ने काम अब २५ दिनमा हुने उनको भनाइ छ ।
पहिले नै विद्युतीय प्रणाली भए पनि ट्र्याकिङमात्र हुने सिस्टम रहेको उनले बताए। जसका कारण हरेक कार्यालयमा गएर काम गर्नुपर्ने झन्झट भएको पनि उनले बताए ।
‘हामीले अहिले नक्सा पास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेका छौं,’ उनले भने, ‘पहिले पनि विद्युतीय प्रणाली थियो तर नक्साकिताबमा राख्नुपर्थ्यो। जसको लागि सेवाग्राही महानगर र वडा गुम्नुपर्ने अवस्था थियो। सोही काम गर्न दुई-तीन महिना लाग्ने गर्थ्यो भने अहिले बढीमा २५ दिनमा हुनेछ।’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend