Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि काठमाडौं महानगरमा अनलाइनबाटै नक्सापास हुने


    शुक्रबार, बैशाख १ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि अनलाइन नक्सापास प्रणाली सुरू गरेको छ । आजदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरू गरेको हो ।

    हाल नक्सापास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेको महानगरका मेयर बालेन शाहले जानकारी दिए । महिनौं लाग्ने काम अब २५ दिनमा हुने उनको भनाइ छ ।

    पहिले नै विद्युतीय प्रणाली भए पनि ट्र्याकिङमात्र हुने सिस्टम रहेको उनले बताए। जसका कारण हरेक कार्यालयमा गएर काम गर्नुपर्ने झन्झट भएको पनि उनले बताए ।

    ‘हामीले अहिले नक्सा पास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेका छौं,’ उनले भने, ‘पहिले पनि विद्युतीय प्रणाली थियो तर नक्साकिताबमा राख्नुपर्थ्यो। जसको लागि सेवाग्राही महानगर र वडा गुम्नुपर्ने अवस्था थियो। सोही काम गर्न दुई-तीन महिना लाग्ने गर्थ्यो भने अहिले बढीमा २५ दिनमा हुनेछ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार