काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको सार्वजनिक अडियो रेकर्डबारे प्रमुख सचेतक सन्तोष परियारले आफ्नो तर्फबाट संसदमा माफी मागेका छन्।
आज सोमबार प्रतिनिधि सभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले माफी मागेका हुन्।
‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं,’ उनले भने।
परियारले उक्त घटनाले रास्वपा कत्तिपनि विचलित नभएको बताए।
अडियो प्रकरणमा पार्टीकोे गम्भीर ध्यानाकर्षण भएको र छानविन गर्न अनुशासन विभागलाई निर्देशन दिइएको पनि परियारले संसदलाई जानकारी दिए।
सुशासन र भ्रष्टाचारको अभियानलाई रास्वपाले आफ्नो अभियान ठानेको र अडियोबारे ढाकाप्रसादलाई २४ घन्टे स्पष्टिकरण सोधिएको जानकारी गराए।
रास्वपा प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend