Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पोशाक र किताब बेच्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी


    आइतबार, चैत्र २६ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले पोशाक र किताब बेच्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र गर्दै महानगरले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार काम नगरे कारबाही गर्ने चेतावनी दिएको हो ।

    विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताउँदै महानगरका मेयर बालेन शाहले विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्न आग्रह गरेका छन् ।

    ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक(पटक आइरहेको छ,’ मेयर शाहले भने ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार