काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले कृषि क्षेत्रको लगानीमा ध्यान दिनुपर्ने बताएका छन्।
डेमोक्रेटिक एग्रिकल्चरिस्ट एशोसियसन नेपाल (डान) ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महरले कृषि प्रधान देशमा कृषिमा लगानी नहुनु चिन्ताको विषय भएको बताए।
‘नेपाल भारत र चीन जस्तो विशाल मुलुकको बीचमा छ। ती दुई देशमा चार प्रतिशत भन्दा बढी बजेट कृषिमा छुट्याइन्छ।
नेपालमा दुई प्रतिशत हाराहारीमा मात्र छ। यसले नेपाली किसानलाई अनुदान दिन पनि पुग्दैन।
यस्तो हुँदा हाम्रो उत्पादन महंगो र आयातित सामान सस्तो हुने हुन्छ’, उनले भने। कृषिलाई आधुनिकिकरण गर्दै रोजगार मुलक बनाउन सक्नुपर्नेमा महरको जोड छ। वैज्ञानिक कृषि प्रणाली आजको आवश्यकता भएको उनले बताए।
‘कृषि प्रधान मुलुकमा सरकारले कृषिलाई नै प्रथमिकतामा राख्नुपर्छ। यस्ले उत्पादन बढ्नुका साथै युवालाई कृषितर्फ आकर्षित गर्छ। नेपालमै राम्रो उत्पादन भएमा बाह्य देशबाट खाद्य सामग्री आयात गर्नु पनि गर्दैन। नेपालकै उत्पादकत्व बढेर मुलुक आर्थिक रुपमा समृद्ध हुने हो’, महरले भने।
नेपालको २७ प्रतिशत खेति योग्य जमिन मध्ये २० प्रतिशतमामात्र खेति भइरहेको तथ्यांकले देखाएको महरले स्मरण गरे। यस पटकको बजेटमा सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
यसका साथै फरक प्रसंगमा बोल्दै उनले उपनिर्वाचन भइरहेका स्थानमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।
यस्तै सत्ता गठबन्धनले ल्याएको न्यूनतम साझा कार्यक्रम राम्रो रहेको बताउँदै उनले त्यसको कार्यान्वयनमा ध्यान दिन आग्रह गरे। मन्त्री र प्रधानमन्त्रीले उद्घाटन र मिडियाबाजीमा ध्यान दिनु भन्दा पनि काममा ध्यान दिनुपर्ने बताए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend