Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • उपप्रधानमन्त्री खड्काले भने- कर्णालीको विकासका लागि प्रधानमन्त्री र मैले चुनावअघि नै प्रण गरेका छौं


    शनिबार, चैत्र २५ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले चुनावअघि नै प्रण गरेको दाबी गरेका छन् ।

    शनिबार गृहजिल्ला सुर्खेत आएका खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अब कर्णालीको विकासका लागि केन्द्रमाबाट पर्याप्त बजेट पाउने बताएका हुन् ।

    मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै खड्काले कठिन प्रस्थितिकाबीच पनि कर्णालीलाई केन्द्रले विशेष सम्बोधन गर्ने अश्वासन दिए ।

    ‘मुलुकको अर्थतन्त्र कमजोर छ । तर कठिन परिस्थितिकाबीच पनि केन्द्रले कर्णालीलाई विशेष सम्बोधन गर्छ । चुनावअघि नै प्रधानमन्त्री ज्यू र मैले कर्णालीका धेरै ठाउँमा पुगेर बाँचा गरेका थियौं,’ खड्काले भने, ‘कर्णाली करिडोरका लागि बजेट बन्दै छ दाता पनि खोज्दैछौं । विकासका काम अगाडि बढाउने गरी कानुन निर्माण गरिने छ ।’

    फरक प्रसंगमा खड्काले एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार