Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिदा मिटरब्याज पीडित पक्राउ


    शुक्रबार, चैत्र २४ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज शुक्रबार प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ ।

    सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका हुन् ।

    गत शनिबार सरकारले मिटरब्याज पीडितको एक समूहसँग ५ बुँदे सहमति गरे पनि उक्त सहमतिले मात्र आफूहरुको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ ।

    पक्राउ पर्नेमा अवदेश कुशवाह, सौरभ श्रेष्ठ, अभिषेक भूल, बोध कुमारी खड्का, जैस्तला कोइरी, विकेश चौधरी, रविता खातुन, सन्तोषी देवी केवट, रामशुभक मुसहर, नवाब सरिफ, उमेश, अंकित खनाल, अम्बिका चौधरी, तिलेशोइरी देवी यादव, देवसरा देवी रजभक, अकबर मियाँ, मोहरलाल यादव रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार