काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत तल्लो तहको जनशक्तिलाई बडीगार्ड, घरेलु कामदारदेखि सवारी चालकसम्म खटाउने क्रम रवि लामिछाने गृहमन्त्री हुँदा रोक्न खोजेका थिए । पूर्वमन्त्रीदेखि नेताहरुसम्मले सुरक्षाको कारण देखाउँदै बडीगार्ड, सवारी चालक र घरेलु कामदार लिने गरेकोबारेमा समाचार आइरहन्छन् । तर प्रहरीकै बहालवाला हाकिमहरुले सुरक्षाकर्मी दुरुपयोग गरेको समाचार भने बिरलै आउने गरेका छन् ।
नेपाल प्रहरीका नवनियुक्त आईजीपी बसन्तबहादुर कुँवरले पदबहाली गर्दा संगठनमा शुद्धिकरण गर्ने उद्घोष गरेका छन् । तर प्रहरीकै एक एसएसपीले प्रहरी जनशक्तिको दुरुपयोग गर्दै एक हवल्दारलाई भैंसी गोठमा काम गर्न खटाएका छन् ।
हाल कल्याण शाखामा कार्यरत एसएसपी केदार ढकालले अपराध महाशाखाबाट राजबिराज तालिमकेन्द्रमा जाँदा प्रहरी सहायक हवल्दार (सवारी चालक) लिलाबहादुर श्रेष्ठलाई लिएर गएका थिए । उनले अहिले श्रेष्ठलाई मोरङको बेलबारीस्थित भैंसी फार्ममा काममा लगाएका छन् । सहायक हवल्दार श्रेष्ठ इलाका प्रहरी कार्यालय बेलबारीमा हाजिर गर्ने र एसएसपीको भैंसी गोठमा काम गर्ने गर्दछन् । प्रहरी जनशक्तिको यसरी दुरुपयोग भएको बिषयमा आइजीपी कुँवरकै सचिवालयमा उजुरी परेको छ ।
ढकाल २०७७ बैशाखमा एसएसपी बढुवा भएका थिए । एसएसपी बढुवा भएपछि २०७७ मा उनी राजबिराज तालिम केन्द्रमा खटिएका थिए । त्यही समयदेखि नै श्रेष्ठलाई उनले बेलबारीस्थित घरमा भैंसी हेर्न परिचालन गरेका छन् ।
यसअघि प्रहरी जनशक्तिको दुरुपयोग गर्दै बिचौलिया रामचन्द्र भट्टलाई सवारी चालक समेत उपलब्ध गराइएको थियो । टीसीएनका पूर्वमहाप्रबन्धकसमेत रहेका भट्टले प्रहरीको सवारी चालक लिएर सानसौकत देखाउँदैआएका छन् । मुख्यसचिव शंकरदास बैरागी र लगानीबोर्डका सीईओ सुशील भट्टले रामचन्द्र भट्टलाई अरुण तेस्रो आयोजनाको निर्माण गर्ने भारतीय कम्पनी सतलजमा मासिक ४ लाख रुपैयाँ तलव पाउनेगरी राखिदिएका छन् ।
शैलेन्द्र खनाल सशस्त्र प्रहरीको आइजीपी हुँदा उनले धेरै पावर सेन्टरमा बडीगार्ड र सवारी चालक उपलब्ध गराएका थिए । अमरेशकुमार सिंहदेखि बिचौलिया नरेश भट्ट, सुरेश अधिकारीलाई खनालले सशस्त्रका सवारी चालकदेखि बडीगार्ड उपलब्ध गराएको बिषय बारम्बार मिडियामा उजागर भएको थियो ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend