Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • नदी किनारका अनधिकृत संरचना एक साताभित्र हटाउन काठमाडौं महानगरको निर्देशन


    शनिबार, चैत्र ११ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको हो ।

    एक साताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले आफै ती संरचना भत्काउने चेतावनी दिइएको छ । साथै, त्यसको खर्च समेत सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा भनिएको छ ।

    यसअघि पनि पटक-पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनिएको महानगरले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार