Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सेयर बजार १८.१५ अंकले घट्याे, कारोबार रकम कति ?


    बिहिबार, चैत्र ९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आज साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । आज नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ ।

    यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले घटेर ३६१.०१ विन्दुमा पुगेको छ। बुधबार पनि सेयर बजार घटेको थियो । सोहीदिन नेप्से परिसुचकमा १५.७६ अंकले ओरालो लागेको र एक अर्ब ३३ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको थियो ।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

    कारोबारको आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ। यसको २१ करोड ७४ लाख भन्दाबढीको कारोबार भएको छ। यसैगरी सिद्धार्थ बैंकको ८ करोड ३५ लाख भन्दाबढीको कारोबार भएको छ ।

    बिहीबार सबै उपसुचकहरुमा ओरालो लागेको छ। आजको मायाखोला हाइड्रोपावर कम्पनीको १० प्रतिशत र एसियन हाइड्रोपावरको ९.९७ प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार