Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे


    मंगलबार, चैत्र ७ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे निर्वाचित भएका छन् । शाखाको मंगलबार राजधानीमा भएको छैटौं साधारणसभा तथा पाँंचौ अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँं कार्यसमिति चुनिएको हो ।

    शाखाको उपाध्यक्षमा सावित्री वस्नेत, सचिवमा कृष्णराज तिमिल्सिना, सहसचिवमा अनिल पाण्डे र कोषाध्यक्षमा रीता श्रेष्ठ प्रधान चुनिएका छन् । निर्वाचित पदाधिकारीलाई केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले अविर तथा फुलमाला प्रदान गरी बधाई दिएका थिए । यसअघि अधिवेशनको उदघाटन केन्द्रिय अध्यक्ष बास्तोलाले गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार