काठमाडौं। नेपालका चर्चित हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले आफू डेढ वर्षदेखि डिप्रेसनमा रहेको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा लामो भिडियो पोष्ट गर्दै उनले चितवनमा निर्माणाधीन क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि ‘डिप्रेस्ड’ रहेको बताएका हुन् ।‘म आज अलि आक्रोशित पनि हुन सकूँला ।
अलि बढी उत्तेजित पनि हुन सकूँला । मेरो स्वभाव यसरी आक्रोशित हुने स्वभाव होइन । तर म बाध्य भएँ । के गरुँ ?,उनले भने, ‘म मानसिक यातना भोगिरहेको छु । डेढ वर्षदेखि डिप्रेसिभ छु । त्यसैले म सुरूमै माफी चाहन्छु । मैले बोलेका कुराले कसैलाई ठेस पुर्याउँछ भने म माफी चाहन्छु ।’
भर्खरै नेपाली क्रिकेटले तय गरेको विश्वकप यात्रालाई स्मरण गराउँदै उनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगाशालाको आवश्यकता दर्शाएका छन् । ‘आज नेपाली खेलाडीले नेपालको शिर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु के अपराधहो ?,’ उनले भनेका छन्, ‘के हामीले पाप गरेका थियौं ?’
भर्खरै टियू मैदानमा भएको उक्त खेलमा दर्शकहरू कोही भुईंमा त कोही रूख चढेरै खेल हेरेका थिए । यस्तो अवस्थामा नेपाल पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य भएको उनले बताएका छन् । ‘आज सञ्चारमाध्यममा रूखमा झुण्डी झुण्डी क्रिकेट हेरेको भनेर सम्प्रेषित भएका समाचार हेरेर हामीहलाई मज्जा आइरहेको होल ?,’ उनले प्रश्न गरे ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend