Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी


    मंगलबार, चैत्र ७ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पसमा आइतबार भएको निर्वाचनबाट गठबन्धनलाई हराउँदै अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।

    उक्त निर्वाचनबाट एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको हो। क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्कल सिजापतिले ९६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

    सिजापतिले नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच बनेको गठबन्धनबाट उम्मेदवार बनेका क्रान्तिकारीका हिक्मत शाहीलाई हराएका हुन्। गठबन्धनका शाहीले ४८८ मत प्राप्त गरेका छन्।

    यस्तै, सचिवमा अनेरास्ववियुका भुवानीप्रसाद ढकाल विजयी भएका छन्। उनले ९०४ मत प्राप्त गरेका छन्।

    ढकालले गठबन्धनबाट उम्मेदवार नेविसंघका मिलन बिसीलाई हराएका हुन्। बिसीले ४७२ मत प्राप्त गरेका छन्।

    यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुका उम्मेदवार ललिता राना ७७० मतसहित विजयी भएका छन्। रानाले गठबन्धनबाट उम्मेदवार अखिल क्रान्तिकारीका रामशरण विकलाई पराजित गरेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार