विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । आज सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो ।
प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार सिद्धिचरण नगरपालिका- ११ मिलन चोकमा मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास भएको हो । प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए ।
हिजो आइतबार विराटनगरमा करिब पाँच हजार प्रदर्शनकारी भेला भएर पहिचानको आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा प्रहरीसँग झडप पनि भएको थियो । जिल्ला प्रहरी कार्यालय ओखढुंगाका डीएसपी दीपकबहादुर केसीले प्रदर्शनकारीले मुख्यमन्त्रीको सवारीलाई अवरोध गर्न खोजेपछि प्रहरीले हटाएको बताए ।
मुख्यमन्त्रीको सवारीमा कुनै क्षति नभएको बताउँदै उनले आन्दोलनकारीलाई प्रहरीले सामान्य बल प्रयोग गरेर हटाएको बताए ।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend