चितवन। आगामी वैशाख १० गते हुन गइरहेको चितवन-२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ ।
गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । साथै, पुर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाकाे निर्णय लिदै केन्द्रमा पत्राचारसमेत गरेको छ ।
हिजाे सम्पन्न बैठकले चितवन–२ का लागि सिफारिस भएका उमेदवारहरुमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ रहेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको चैत १ गतेको पत्रअनुसार क्षेत्रीय समितिबाट पार्टीको विधानको धारा ३२ ८ (क) अनुसार सो सिफारिस गरिएको क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले बताए । उनका अनुसार प्रदेश समिति र जिल्ला पार्टी पदाधिकारीको संयुक्त बैठकले सर्वसम्मत रूपमा उमेदवारको नाम सिफारिस गरिएको हाे ।
यसैगरी, साे बैठकले उपनिर्वाचनलाई सहज बनाउन र विजय हासिल गर्नका लागि यसअघि चितवन क्षेत्र नं २ बाट कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको लागिसमेत माथिल्ला कमिटीलाई अनुरोध गर्ने निर्णयसहित पत्राचारसमेत गरेको छ
जसअनुसार कारबाही फुकुवा गर्न सिफारिस भएका नेताहरुमा कांग्रेस पूर्वजिल्ला सभापति विकास कोइराला, महासमिति सदस्य मीना खरेल, पूर्व सांसद् जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्वसचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि जीतबहादुर थापालगायत छन् ।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend