Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • नेपाल प्रहरीमा आइजीपीका लागि तीव्र चलखेल, डीआईजीहरु शक्तिकेन्द्र रिझाउने होडमा


    आइतबार, चैत्र ५ २०७९
    5.6K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा ३० बर्ष सेवावधिको प्रावधान हटेन भने आईजीपी धिरजप्रताप सिंह अबको ५ दिनमा अर्थात् चैत ११ मा अवकाश हुँदैछन् । आइजीपी धिरजप्रताप सिंहसँगै उनकै ब्याचका एआइजीहरु सहकुलबहादुर थापा, दिवेश लोहनी, उत्तम सुवेदीहरु पनि चैत ११ मै अवकाश हुनेछन् ।

    आइजीपी सिंहको अवकाश मिति जति नजिकिंदैछ त्यति नै आइजीपी नियुक्तिका लागि एआइजी बढुवा सिफारिस भएका तर बढुवा नभइसकेका डीआईजीहरुको चलखेल बढिरहेको छ । आईजीपीका दाबेदार डीआईजीहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् ।

    यी डीआईजीहरु आईजीपी हुनका लागि निकै जोडतोडले लागेका छन् । आइजीपीको कार्यकाल १ बर्ष थप हुने संभावना जीवीतै भए पनि अब समय घर्किसकेकाले त्यो संभावना क्षीण देखिंदै गएपछि डीआईजीहरु कुँवर, थापा, ज्ञवाली र बज्राचार्य शक्तिकेन्द्रमा दौडधूप गरिरहेका छन् । पहिलो वरियताका कुँवरलाई सत्तारुढ दलका नेताहरु भेट्न भ्याई नभ्याई छ । उनी केहीबेर अघिसम्म महाराजगंजस्थित यति ग्रुपको लगानी भएको ली शेर्पा रेष्टुरेन्टमा गार्डसहित माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतसँग भेटघाटमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेता बस्नेतसँग उनको भेट आइजीपी नियुक्तिकै सवालमा भएको स्रोत बताउँछ ।

    मधेश प्रदेशका डीआइजी कुँवर आइजीपी नियुक्तिको माहौल बनाउन राजधानीमा डेरा जमाएर बसेका छन् । बस्नेतमात्रै होइन, उनले माओवादी र कांग्रेसका नेताहरुसँग पनि भेटघाट बाक्लो बनाएका छन् ।
    त्यसैगरी, आइजीपीका दाबेदार तेस्रो वरियताका डीआइजी दीपक थापा पनि बागमती प्रदेशबाट राजधानीमा आएर लबिईङ गरिरहेका छन् ।

    जन्ममिति ढाँटेर जागिर खाएका चाथो वरियताका डीआइजी श्यामलाल ज्ञवालीले विवादित मदिरा उद्योगी रवि केसीदेखि पूर्वमुख्यसचिव लीलामणि पौडेलसम्मलाई नेताहरुकोमा लबिङमा लगाएका छन् ।
    पाँचौं नम्बरमा एआइजी बढुवा सिफारिसमा परेकी डीआईजी किरण बज्राचार्य पनि महिलालाई आइजीपी बनाउनुपर्छ भन्ने लबिङ मिडियामार्फत् गराउन थालेकी छन् । उनले पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वडीआईजी अशोक श्रेष्ठ जस्ता ब्यक्तिहरुलाई लगाउँदैआएकी छन् ।

    बेवारिसे शब ब्यवस्थापनको रकम समेत नछाड्ने प्रहरी अधिकृतको संज्ञा पाएकी बज्राचार्यले महिला नेतृ मार्फत् पनि आफ्नो पक्षमा माहौल बनाउन लगाउँदैआएकी छन् । बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनका लागी निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो । उनी ०७२ असोज देखि ०७३ मंसिरसम्म भक्तपुर इन्चार्ज थिइन् । उजुरी परेको ६ बर्षसम्म पनि अख्तियारले बज्राचार्यको मुद्दा दर्ता गरेको छैन । बज्राचार्यले सब ब्यवस्थापनका लागि निकासा भएको रकम हिनामिना गरेको उजुरी अख्तियारले तामेलीमा समेत हालेको छैन ।

    तामेलीमा नहालेको उजुरी अनुसन्धानमै रहेको भन्ने अर्थमा बुझिन्छ । बेवारिसे शबको रकम समेत नछाड्ने बज्राचार्य अनियमिततामा पनि निकै अगाडि रहेको बताइन्छ । उनले प्रहरीमा सधैं आकर्षक ठाउँमा बस्ने मौका पाएकी छन् । तर जहाँ रहँदा पनि उनले भक्तपुरमा जस्तै कमाउधन्दालाई बढी ग्राह्यता दिएर धुम्बाराही पिपलबोटमा रहेको घर त छँदैछ, त्यसका अलावा चावहिलको गोपीकृष्ण हल पारीपट्टि रोपनी जग्गा लिएर अत्याधुनिक बंगला निर्माण गरेको प्रहरी स्रोत बताउँछ ।

    आईजीपीका ५ दाबेदारमध्ये शक्तिकेन्द्रमा कम धाउनेमा दोस्रो वरियताका टेकप्रसाद राईलाई मानिएको छ । उनी हाल लुम्बिनी प्रदेशका डीआइजी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार