Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहिदकृष्ण क्याम्पसमा नेविसंघको प्यानल विजयी


    आइतबार, चैत्र ५ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तनहुँको शुशुक्लागण्डकी नगरपालिका–८ स्थित सहिदकृष्ण क्याम्पसमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल विजयी भएको छ । आइतबार सम्पन्न स्ववियु निर्वाचनमा यस क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी भएको हो ।

    निर्वाचनमा ४० मतमध्ये ३७ मत खसेको थियो । सभापतिमा विष्णुबहादुर अधिकारीले २७ मत र प्रतिस्पर्धी अनेरास्ववियुका मनोज बानियाँले १० मत प्राप्त गरे । सचिवमा नेविसंघकै शालिग्राम पोख्रेलले २७ मत र उनका प्रतिस्पर्धी अनेरास्ववियुका ओमबहादुर महतले १० मत प्राप्त गरे ।

    सदस्यहरूमा विना विक ३०, थमनबहादुर भुजेल ३०, दिपिका काफ्ले ३१ र प्रमिला पौडेल ३१ मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षमा भने अखिल (क्रान्तिकारी)की सुष्मा माकिम यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार