काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिचन्द्र कलेजको हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
‘लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा आज नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसङ्घ खेद प्रकट गर्दछ’, नेविसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कुटपिटबाट त्रिचन्द्रमा विवेक बानियाँ, सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशरजङ्ग बम, महेश खनाल, विनोद देउवा, रोहित चौधरी, सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गोविन्द कोइराला, सृष्टि सुवेदी, आश्विन अधिकारीलगायत विद्यार्थी घाइते भएको नेविसंघले जनाएको छ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend