काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको अवकाश मिति ८ दिन बाँकी छ । ३० वर्षे सेवाअवधि नहटेमा आईजीपी सिंह यही चैत ११ गते अवकाशमा जानेछन् । ३० बर्षे सेवावधि हटाउने प्रयास भने भइरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा मात्रै ३० बर्ष सेवावधिका आधारमा अवकाश हुने विभेदकारी ब्यवस्था छ । नेपाली सेनामा ३० बर्षे सेवावधिमा अवकाश हुने प्रावधान छैन ।
निजामती सेवा, स्वास्थ्य सेवामा पनि छैन । नेपाल प्रहरीदेखि राष्ट्रिय अनुसन्धानमा रहेको विभेदकारी ३० बर्षे सेवावधिको ब्यवस्था हटाउने कुरा सधैं हुन्छ तर हटाउन भने कुनै पनि सरकारले सकेका छैनन् । यसपटक वर्तमान आइजीपी धिरजप्रताप सिंहले ३० बर्षे सेवावधिको प्रावधान हटाउन खोजेका छन् । ३० बर्षे सेवावधि हटाउन नसकेमा उनी चैत ११ गते अवकाश हुनेछन् ।
३० बर्षे सेवावधिको प्रावधान यथावत रहेमा आइजीपी सिंह अवकाश हुनेछन् । त्यसपछिका आइजीपीका दाबेदारहरुमा एआइजीमा सिफारिसमा परेका डीआईजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । यी पाँचमध्ये चौथो नम्बरका ज्ञवालीको नागरिकतामा उमेर विवाद छ । उनले नागरिकतामा उमेर ढाँटेर जागिर खाएको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनको नागरिकताका बारेमा उजुरी छ ।
अख्तियारले जन्ममिति विवादमा ज्ञवालीलाई बयानमा बोलाउने तयारी गरेको छ । स्रोतका अनुसार अख्तियारले प्रारम्भिक अनुसन्धानमा जन्ममिति फरक पाएपछि डीआईजी ज्ञवालीको बयान लिने तयारी गरेको छ । प्रहरी कितावखानाको अभिलेखमा समेत उनको जन्ममितिमा कैफियत भेटिएको छ ।
जन्ममिति ढाँटेर जागिर खाएका डीआइजी ज्ञवालीलाई आइजीपी बनाउन विवादित ब्यापारी रवि केसी साम दाम नै प्रयोग गरी लागेका छन् । मदिरा उद्योगका मालिक केसीले ज्ञवालीलाई आइजीपी बनाउन शक्तिकेन्द्रमा लानेदेखि लगानी समेत गर्ने आश्वासन दिएका छन् । मोरङको रंगेली ५ मा रहेको चण्डिका डिष्टिलरी रवि केसीकै हो । जुन डिष्टीलरीले करछली गरेको भेटिएपछि आन्तरिक राजस्व कार्यालय बिराटनगरले जरिवाना समेत गरेको थियो । बाह्रसिंगा बियर ८८४८ भोड्का, वल्ड दरबार जस्ता ह्वीस्कीको उत्पादक यति डिष्टीलरी पनि केसीकै हो ।
श्याम ज्ञवालीका दाजु प्रदेश १ (हाल कोशी)को डीआईजी हुँदादेखि केसीको सम्बन्ध कसिलो भएको र कोरोना महामारीमा बिराटनगर नाकाबाट निर्धक्क मदिरा भारततर्फ तस्करी गर्न सेटिङ मिलाउन सहयोग गरेको स्र्रोत बताउँछ । त्यही सम्बन्धका आधारमा भाइ ज्ञवालीलाई आइजीपी बनाउन केसीको दौडधूप चलेको छ । मदिरा उद्योगी केसीमात्र होइन, पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि ज्ञवालीलाई आइजीपी बनाउने लबिङमा लागेका छन् ।
उमेर विवादमा मुछिएका ज्ञवालीलाई आइजीपी बनाउन पौडेलले प्रधानमन्त्री प्रचण्डलाई पनि भनसुन गर्दैआएका छन् । दाजु ठाकुर ज्ञवालीसँगको कलेज जीवनदेखिको निकटताका कारण पौडेलले पनि उनलाई आइजीपी बनाउने लबिङ गरेको बताइन्छ । केसी र पौडेलको भरमा ज्ञवाली आईजीपी बन्न कुदिरहँदा उनको उमेर विवादमा अख्तियारले चासो देखाएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend