Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चट्याङ लागेर प्यूठानमा एक जना घाइते


    बिहिबार, चैत्र २ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्यूठानमा बिहीबार साँझ परेको चट्याङ लागेर एक जना घाइते भएका छन् । प्यूठान नगरपालिका-६ झुलेनीकी २५ वर्षीया रोसनी सुनार घाइते भएको प्यूठान नगरपालिका–६ का वडाध्यक्ष एनपी मगरले जानकारी दिए ।

    चट्याङ लागेर सुनारको बायाँ हातमा नचल्ने अवस्थामा पुगेको वडाध्यक्ष मगरले बताए । उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार