Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • झापाबाट नक्कली नोट र लागु औषधसहित २ जना पक्राउ


    बिहिबार, चैत्र २ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नक्कली नोट र लागु औषधसहित झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुररिया र उनकै भाई १९ वर्षीय प्रवीण ताजपुरिया गरेर २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालयले झापाको टोलीले उनीहरुलाई बुधबार लागु औषध र नक्कली नोटसहित घरबाटै पक्राउ गरेको हो।

    उनीहरुको साथबाट खैरो हेरोइन ४ ग्राम ३९० मिलिग्राम, ८८ थान एक हजार दरका नक्कली नोट, २ थान ५ सय दरका नक्कली नोट, नक्कली अस्ट्रेलियन नोट १ सय दरको ३ थान बरामद भएको छ।

    त्यस्तै, मोबाइल, एम्पुल लागु औषधहरु, विभिन्न ११ देशका नोटहरु पनि बरामद भएको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार