Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कतार जाने नेपाली श्रमिकको सङ्ख्या घट्दै


    सोमबार, फाल्गुन २९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो ।

    वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो । मङ्सिरमा दुुई हजार ६६५ जना, पुसमा दुुई हजार ५०६ जना र माघ महिना दुुई हजार २२९ जना मात्रै रोजगारीका लागि कतार गएको विभागले जनाएको छ ।

    आव २०७८/७९ मा मङ्सिर महिनामा सात हजार ७१ जना, पुस महिनामा छ हजार ८९ जना, माघ महिनामा छ हजार ५४४ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क विभागसँग छ । विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा कतारका लागि २६ हजार २२० जनाले श्रम स्वीकृति लिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार