Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सल्यानमा हिरासतभित्रै बिलेटले घाँटी रेटेर आत्महत्याको प्रयास


    आइतबार, फाल्गुन २८ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सल्यान। जिल्ला प्रहरी कार्यालय सल्यान हिरासतभित्रै एक एक पुरुषले आत्महत्याको प्रयास गरेका छन् ।

    जबरजस्ती हाडनाता करणीमा पक्राउ परेका वनगाड कुपिण्डे नगरपालिका १२ का एक ३४ वर्षीय एक पुरुषले हिरासतभित्रै बिलेटले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    आज (आइबार) बिहान ८ः३० बजे डिउटीमा खटिएका प्रहरीलाई आँखा छलेर बल्याङकेट ओढेर ओछ्यानभित्र बिलेटले घाटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए।

    उक्त व्यक्ति बिहान अवेरसम्म सुतेको र ओछ्यानबाट रगत बगिरहेको देखेपछि तुरुन्तै उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको खनालले बताए।

    घाँटीमा बिलेटले धेरै रेटिएकोले जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला

    बाहिर रिफर गर्न लागिएको प्रहरी निरीक्षक खनालले बताए । उनी गत २५ गते जवरजस्ती हाडनाता करणीमा पक्राउ परेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार