Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपति उम्मेदवार प्रमिला कुमारी भन्छिन्- जसपाको आधिकारिक उम्मेदवार भोलि मात्र थाहा हुन्छ


    शनिबार, फाल्गुन २७ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपति उम्मेदवार प्रमिला कुमारीले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने भोलि मात्र पत्ता लाग्ने बताएकी छन् ।

    आज शनिबार उपराष्ट्रपतिमा जसपाका दुई जना रामसहाय प्रसाद यादव र प्रमिला कुमारीले उम्मेदवारी दर्ता गरेका छन् । आधिकारिकता भने आइतबार पार्टीले टुंगो लगाउने प्रमिलाले सञ्चारकर्मीहरुलाई बताइन् ।

    ‘आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ । मेरो उम्मेदवारी चुनावसम्मकै लागि गरेको हो । हामी दुवै जनाको इच्छा भयो त्यसैले दुई जनाको उम्मेदवारी प¥यो । पार्टीले अब निर्णय गर्छ । पार्टीको निर्णय म फलो गर्छु’ उनले भनिन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार