Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पुष्पलालको शालिकमा माल्यार्पण


    शनिबार, फाल्गुन २७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज शनिबार काठमाडौंको चम्पादेवीमा पुगेर नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पन गरेका छन् ।

    चम्पादेवी पुगेका राष्ट्रपति पौडेललाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गरेका थिए । अध्यक्ष नेपालले राष्ट्रपति पौडेललाई पुष्पलालको तस्वीर पनि हस्तान्तरण गरेका छन् ।

    केही महिनाअघि प्रधानमन्त्री नियूक्ति भएलगतै पुष्पकमल दाहाल प्रचण्डले पनि चम्पादेवी पुगेर शालिकमा माल्यार्पण गरेका थिए । साथै यसअघि शुक्रबार राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार