Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • जसपाकै प्रमिला कुमारीले पनि गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता


    शनिबार, फाल्गुन २७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालको नयाँ उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी(जसपा) की प्रमिला कुमारीले पनि उम्मेदवारी दर्ता गराएकी छन् । आज शनिबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

    सत्तारुढ गठबन्धनमा रहेका प्रमुख दलबीच उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । तर राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय हुनुपर्ने संवैधानिक व्यवस्थाको व्याख्याका क्रममा फरक फरक धारणाहरु सार्वजनिक भएका छन् ।

    यसैगरी, जसपाले उपराष्ट्रपति पदका लागि राम सहाय यादव र प्रमिला कुमारी गरी महिला र पुरुष दुवै उम्मेदवार खडा गरेको छ । राम सहाय यादवले भने आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार