काठमाडौं । गएको पुस १० गते सरकार फेरिएसँगै सुरु भएको उद्योग विभागको महानिर्देशक परिवर्तनको खेल अझैसम्म रोकिएको छैन । निवर्तमान उद्योग मन्त्री दामोदर भण्डारीले महानिर्देशक परिवर्तन गर्न खोजेका थिए । उनले महानिर्देशक परिवर्तन गर्न खोज्दाखोज्दै मन्त्रीबाटै बाहिरिनुपरेको थियो ।
भण्डारीले महानिर्देशक बनाउन चाहेका सहसचिव मदन भूजेल, डा. नारायण रेग्मी, लीलाराज शर्मा र चन्द्रकला पौडेलहरु चर्को लबिङमा थिए । बालकोट र मन्त्रीको ट्युनिङ नमिल्दा महानिर्देशकका लागि फरक फरक पात्रहरुको नाम आइ नै रह्यो । कहिले चन्द्रकलाको कुरा आउने र कहिले लीलाराजले बाजी मार्न लागेको चर्चा चलाइए । यही मेसोमा बाजुराकै भएकाले डा. रेग्मीलाई मन्त्रीले महानिर्देश बनाउन लागेको हल्ला पनि खुब चल्यो । तर मन्त्री भण्डारीले भने महानिर्देशकका उम्मेदवारहरुसँग बेग्लाबेग्लै भेट गर्दागर्दै उनी मन्त्रीबाट बाहिरिनुपरेको थियो । भण्डारीले जाने बेलामा चन्द्रकलालाई महानिर्देशक बनाउने चर्चा पनि चल्यो । उनले विभागमा बहाली भएपछि मन्त्रीको चाहनामा काम गर्ने प्रतिद्धता ब्यक्त गरेका कारण मन्त्री भने निर्णय अगावै प्रतिबद्धता अनुसारको सहयोगको अपेक्षा चाहन्थे । जसका कारण पौडेलका बारेमा निर्णय हुनसकेको थिएन ।
बालकोटले महानिर्देशकका लागि पौडेल र शर्मा दुवैलाई अघि सारेका कारण मन्त्रीलाई पनि निर्णय लिन असहज अवस्था सृजना हुन पुगेको थियो । निवर्तमान अर्थमन्त्री बिष्णु पौडेलले बालकोटमार्फत् चन्द्रकलाको नाम महानिर्देशकमा अगाडि सारेका थिए भने पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले भने शर्मालाई महानिर्देशक बनाउन मन्त्रीलाई दबाब दिएका थिए ।
भण्डारीले पार्टी नेता लेखराज भट्टलाई महानिर्देशक बनाउने पात्रका बारेमा छलफल गरेका थिए । महानिर्देशकका लागि चौतर्फी चर्चा परिचर्चा, तयारी भए पनि ४२ दिनसम्म सरुवा नगरी भण्डारी मन्त्रीबाट बिदा भए । अहिले उद्योग मन्त्रालय प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् । यो अवस्थामा फरक पात्रहरुको प्रवेश भएको छ । धमिलो पानीमा माछा मार्न पाइन्छ कि भन्ने अस्थिरताका बीचमा सहसचिव शोभाकान्त पौडेल नयाँ पात्रका रुपमा आएका छन् ।
खानेपानी मन्त्रालयमा हैकम जमाएर सिंगो मन्त्रालयको छायाँ मन्त्री र सचिवको रुपमा काम गर्दैआएका पौडेल उद्योगको महानिर्देशक हुन मरिमेटेर लागेका छन् । आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा जिम्मेवारी पाएको ६ महिनामै अक्षम भनेर सामान्य प्रशासनको अतिरिक्तमा फालिएका उनै पौडेल अहिले उद्योग बिभागको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै हिंडेका छन् । माओवादी नेताहरुमार्फत् प्रधानमन्त्रीको सचिवालयसम्म आफ्नो माग पुर्याइसकेका उनले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई समेत सहमत गराइसकेको स्रोत बताउँछ । जागिरका अधिकांश समय आकर्षक कार्यालयमा बिताएका पौडेललाई अहिले आर्थिक रुपमा भ्रष्टाचारको मुद्दा खेपिरहेका चुडामणि शर्माकै हाराहारीका अरबपति सहसचिवका रुपमा चिनिन्छन् ।
एनसेल खरिद बिक्री गर्दा नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छलीका मुख्य योजनाकार चुडामणि शर्माका विश्वासिला सहयोगी हुन् सहसचिव पौडेल । शर्मा आन्तरिक राजस्व विभागका महानिर्देशक र पौडेल ठूला करदाता कार्यालयका प्रमुख भएको बेला एनसेलका संचालक लाभकर नतिरी नेपालबाट भागेका थिए । एनसेलको लाभकर नतिरी टेलियासोनेराका संचालकलाई नेपालबाट भगाउने शर्मा र पौडेल नै थिए ।
अहिलेसम्म सरकारी भत्ता खाएको रकमको समेत हिसाब गरेर टिपोट राख्दैआएका पौडेल सुशासनका कुरा गफ दिएर दिन बिताउने गर्दछन् । विवादास्पद पूर्वखानेपानी मन्त्री उमाकान्त चौधरीका निजी सचिव भएका शशीकुमार लम्साल उनका मुख्य सल्लाहकार हुन् । पौडेलकै आशीर्वाद पाएर अहिलेसम्म काजफिर्ता नभएका र मन्त्रालयको स्कोरपियो गाडीको दुरुपयोग गरिरहेका लम्साल निर्वाचन आचारसंहिताको अन्त्यसँगै खानेपानी मन्त्रालयमा दरबन्दी कायम गर्ने लबिङमा छन् । उनलाई चिन्नेहरु भन्ने गर्दछन्– तल्लो तहबाट सहसचिव ह्ुँदै सचिव बढुवाको नजिक पुगेका पौडेल जति माथिल्लो तह उक्ले उति सम्पत्ति थुपार्न तल्लीन छन् ।
राजस्व अनुसन्धान विभागको थानकोट चेकपोष्टमा शाखा अधिकृत हुँदा पनि पौडेलले मालवाहक गाडीहरुसँग घुस असुली गरी त्यतिबेलै करोडौं पर्ने बंगला बनाएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend