Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • रौतहटमा आगलागीबाट ६ महिने बालिकाको मृत्यु, तीन घर जलेर नष्ट


    बुधबार, फाल्गुन २४ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटमा आगलागीबाट ६ महिने बालिकाको मृत्यु भएको छ । राजदेवी नगरपालिकास्थित आगलागीमा पारेर उनको मृत्यु भएको हो ।

    मंगलबार साँझ राजदेवी नगरपालिका ४ बसन्तपुरका भिखर राउतको खरको छाना भएको घरमा आगलागी हुँदा तीन वटा घर गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    अचानक भएको आगलागीबाट घरमा सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। राउतको घरबाट सल्किएको आगोले छिमेकीद्वय रामकिसुन साह र सुजय साहको घर जलेर नष्ट भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार