Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निषेधाज्ञाको बहानामा नागरिकमाथि अमानवीय ब्यवहार नगर्न बारको आग्रह


    शनिबार, भाद्र ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एशोसियसनले निषेधाज्ञाको बहानामा नागरिकहरुलाई अमानवीय व्यवहार नगर्न आग्रह गरेको छ।

    बारको मानव अधिकार तथा जनसराेकार समितिले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय निषेधाज्ञा तोड्नेमाथि अमानविय व्यवहार भएको निष्कर्ष निकालेको हो ।  बाहिर निस्केका नागरिकलाई पक्राउ गरेर घन्टौंसम्म थुनेर राख्ने, कान समाएर उठबस गर्न लगाउने, विभिन्न आसनमा हिँड्न लगाउनेजस्तो काम गैरकानुनी र अमानवीय भएको र यसमा बारको ध्यानाकर्षण भएको जनाएको छ। बारले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन नगर्न आग्रह गरेको छ। 

    संकटकालमासमेत नागरिकको बाँच्न पाउने हक हनन गर्न नपाउने संवैधानिक ग्यारेन्टी गरिएकाले सडकमा निस्केका नागरिकमाथि मानवोचित व्यवहार गर्न बारले नेपाल प्रहरीलाई आग्रह गरेको छ।

    निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कानुनसम्मत अन्य कानुनी उपचार खोज्न बारले तीनै तहका सरकार,सुरक्षाककर्मीलगायतलाई अपिल गरेको छ। बारको मानव अधिकार तथा जनसरोकार समितिमा संयोजक सुनीलकुमार पोखरेलले एक विज्ञप्ति जारी गर्दै संविधानमा ग्यारेन्टी भएको अधिकार नखोस्न आग्रह गरेको हो।

    bar.jpg

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार