Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • कैलालीमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु


    शनिबार, फाल्गुन २० २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। कैलालीमा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट साइपाल स्कुलको से १ क४४१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

    यसैबीच, घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन चल्न भने सकेका छैनन्।

    बस र चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ३५ वर्षीय खुसीराम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार