काठमाडौं । वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुुपर्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभागले यसअघि म्यानपावर कम्पनीले रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरे मात्रै हुनेमा अब भने आफ्नो वेबसाइटमा अनिवार्य राख्नुुपर्ने व्यवस्था गरेको हो ।
विभागले सूचना प्रकाशित गर्दै व्यवस्थाबारे जानकारी गराएको छ । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘अटोअप्रुभ’ हुने व्यवस्था गरिएको छ ।
अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृतिबमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आआफ्नो संस्थाको वेबसाइटमा अनिवार्य राख्नुपर्ने भएको छ । यस कामको नियमित अनुगमनसमेत हुने भएको छ । त्यसो गरेको नपाइएमा कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend