काठमाडौं । ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान थालिएको छ । त्यस अनुसार महिला सशक्तीकरणको साथै ‘बालविवाहमुक्त देश निर्माणमा मेरो योगदान’ विषयमा शुक्रबार ललितपुरको सिद्धिपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
११२ औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा सिद्धिपुर सामुदायिक सिकाई केन्द्र (सीएलसी) र शान्ति शिक्षा अभियान नेपाल ललितपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
अभियन्ता एवं उतरी तथा दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्न सफल पहिलो महिला पत्रकार सगरमाथा आरोही कल्पना महर्जनले पाँंच वर्षभित्र ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान अन्तर्गत कार्यक्रम सुरु भएको बताइन् ।
यो अघि स्कुलस्कुलमा कार्यक्रम गर्दै आएकोमा अवदेखि नगरपालिका, वडा, महिला समूह, सामुदायिक सिकाई केन्द्र (सिएलसी) आदिसँंगको सहकार्यमा प्रत्येक महिना जिल्लाका फरकफरक ठाउँंहरुमा अन्तरक्रिया कार्यक्रम गर्दै अगाडि वढ्ने योजना उनले सुनाइन् ।
‘तीनवर्षभित्रमा हामी निशेषित बालविवाहमुक्त क्षेत्र घोषणा गर्दै पाँंचवर्षभित्रमा जिल्लालाई नै वालविवाहमुक्त जिल्लाको रुपमा अगाडि वढाउने अभियानमा छौं, कार्यक्रममा अभियन्ता महर्जनले सुनाइन् । यस अनुसार पहिलो कार्यक्रम सिद्धिपुरमा भएको उनले जनाइन् ।
कार्यक्रममा जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणामा आआफूले गर्न सकिने योगदानबारे चर्चा गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend