काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–२ का खम्बध्वज बस्नेतलाई दिनमा भोक र रातमा निद्रा हराएको छ । गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूका कारण बस्नेतको घरबास उठ्ने अवस्थामा पुगेको छ । जलविद्युत् आयोजनाहरूले आयोजना निर्माणका लागि सामग्री ल्याउन मनलाग्दी रूपमा सडक ठूलो बनाउँदा बस्नेतको घर पहिरोले तानेको छ ।
दुःख गरेर बनाएको घर नै पहिरोले तानेपछि बस्नेतलगायत उनका परिवारकै भोक र निन्द्रा हराएको छ । जलविद्युत् आयोजनाले विभिन्न आश्वासन दिएर जथाभाबी खनेको सडकका कारण बस्नेतको भूकम्पपछि बनाएको टहरा पहिरोले तानिसकेको छ भने अहिले बसिरहेको दुईवटा घर पनि उच्च जोखिममा छ ।
जलविद्युत् आयोजनाहरूले आफ्नो सामान ल्याउन ठूला गाडी गुडाउन मनलाग्दी फराकिलो बनाएको सडकबाट पहिरोले तान्दा अहिले घरमा बस्ने स्थिति नभएको उनले बताए । आँखाबाट आँसु झार्दै उनले भने, “पहिरोले घरमा बस्ने स्थिति छैन, अहिले त जसोतसो बसेका छौँ तर बर्खामा बस्ने अवस्था छैन, हाइड्रो प्रोजेक्टले उठिबास लगायो, हाम्रो समस्या कसैले देखेनन्, सुनेनन् ।”
अरू केही चाहिँदैन स्थानीय, प्रदेश, सङ्घीय सरकार वा हाइड्रो प्रोजेक्ट कसले हुन्छ घर र जग्गामा गइरहेको पहिरो रोकथाम गरेर परिवारलाई सुरक्षित बस्ने वातावरण बनाइदिए पुग्थ्यो भन्छन् उनी । खम्बध्वज बस्नेतको मात्रै होइन उमाकुण्ड गाउँपालिका–२ का तेजबहादुर बस्नेतको पनि पीडा उस्तै छ । गाउँपालिकाका विभिन्न स्थानमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरूले बाटोघाटो चौडा बनाउँदा उनको पनि घरसहित चारवटा खेत पहिरोको निसाना बनेका छन् ।
सडक चौडा बनाउने बहानामा केही मतलब नगरी जथाभावी सडक खन्दा आफ्नो घर पहिरोको उच्च जोखिम पर्दा सिङ्गो परिवारकै उठिबास लागेको उनले बताए । “तत्कालीन अवस्थामा गाउँको विकासका लागि एक घर एक कोदालो अभियानले सडक बनाइयो, अहिले हाइड्रो पावरले यही सडकलाई प्रयोग गरेर उठीबास लगायो, अहिले त जसोतसो बसेका छौँ, बर्खामा कहाँ गएर बस्ने भन्ने चिन्ताले सताएको छ,” उनले भन्नुभयोने । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend