काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–२ का खम्बध्वज बस्नेतलाई दिनमा भोक र रातमा निद्रा हराएको छ । गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूका कारण बस्नेतको घरबास उठ्ने अवस्थामा पुगेको छ । जलविद्युत् आयोजनाहरूले आयोजना निर्माणका लागि सामग्री ल्याउन मनलाग्दी रूपमा सडक ठूलो बनाउँदा बस्नेतको घर पहिरोले तानेको छ ।
दुःख गरेर बनाएको घर नै पहिरोले तानेपछि बस्नेतलगायत उनका परिवारकै भोक र निन्द्रा हराएको छ । जलविद्युत् आयोजनाले विभिन्न आश्वासन दिएर जथाभाबी खनेको सडकका कारण बस्नेतको भूकम्पपछि बनाएको टहरा पहिरोले तानिसकेको छ भने अहिले बसिरहेको दुईवटा घर पनि उच्च जोखिममा छ ।
जलविद्युत् आयोजनाहरूले आफ्नो सामान ल्याउन ठूला गाडी गुडाउन मनलाग्दी फराकिलो बनाएको सडकबाट पहिरोले तान्दा अहिले घरमा बस्ने स्थिति नभएको उनले बताए । आँखाबाट आँसु झार्दै उनले भने, “पहिरोले घरमा बस्ने स्थिति छैन, अहिले त जसोतसो बसेका छौँ तर बर्खामा बस्ने अवस्था छैन, हाइड्रो प्रोजेक्टले उठिबास लगायो, हाम्रो समस्या कसैले देखेनन्, सुनेनन् ।”
अरू केही चाहिँदैन स्थानीय, प्रदेश, सङ्घीय सरकार वा हाइड्रो प्रोजेक्ट कसले हुन्छ घर र जग्गामा गइरहेको पहिरो रोकथाम गरेर परिवारलाई सुरक्षित बस्ने वातावरण बनाइदिए पुग्थ्यो भन्छन् उनी । खम्बध्वज बस्नेतको मात्रै होइन उमाकुण्ड गाउँपालिका–२ का तेजबहादुर बस्नेतको पनि पीडा उस्तै छ । गाउँपालिकाका विभिन्न स्थानमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरूले बाटोघाटो चौडा बनाउँदा उनको पनि घरसहित चारवटा खेत पहिरोको निसाना बनेका छन् ।
सडक चौडा बनाउने बहानामा केही मतलब नगरी जथाभावी सडक खन्दा आफ्नो घर पहिरोको उच्च जोखिम पर्दा सिङ्गो परिवारकै उठिबास लागेको उनले बताए । “तत्कालीन अवस्थामा गाउँको विकासका लागि एक घर एक कोदालो अभियानले सडक बनाइयो, अहिले हाइड्रो पावरले यही सडकलाई प्रयोग गरेर उठीबास लगायो, अहिले त जसोतसो बसेका छौँ, बर्खामा कहाँ गएर बस्ने भन्ने चिन्ताले सताएको छ,” उनले भन्नुभयोने । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend