काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद बिस्तारै समाधानको दिशामा गएको छ । विशेषगरी नेकपाले कार्यदल गठन गरेपछि विवाद समाधानको सम्भावना बढेको हो ।
तर नेकपाको विवाद मिलेसँगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद धरापमा परेको बताइन्छ। यतिबेला डोरमणिलाई पदबाट हटाउन केन्द्र र प्रदेश दुबैतिरबाट पहल भैरहेको थाहा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायाँमा मुख्यमन्त्रीको कुर्सीसम्म पुगेका उनको पद भने अब धेरै समय नटिक्ने पक्कापक्की भएको बागमती प्रदेशका एक सांसदले बताए ।
यतिबेला नेकपा विवाद समाधान गर्ने अस्त्रको रुपमा मन्त्रिमण्डल हेरफेर र केही मुख्यमन्त्री परिवर्तन समेत रहेको छ । परिवर्तन हुने मुख्यमन्त्रीमा दुई जनाको नाम अघि आएको छ । पहिलो हुन्, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र अर्का हुन् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल।
शंकर पोखरेल भने आफैं सो पद त्याग्न तयार छन् । केन्द्रको राजनीतिमा नै प्रभावशाली रहेका उनी प्रदेशको मुख्यमन्त्री बनेपछि ओझेलमा पर्दै गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र उनी यतिबेला केन्द्रको राजनीतिमा हुँदा बढी प्रभावशाली हुनसक्ने भएका कारण पनि उनी आफैं नै मुख्यमन्त्री पद त्याग्न चाहिरहेका थिए । अहिलेको नेकपा विवादमा सबैभन्दा पहिला आफूले राजीनामा दिने उनले बताइसकेका छन् ।
तर डोरमणिको हकमा भने कुरा अलिह फरक छ । बागमती प्रदेशको मुख्यमन्त्री बनेका उनको आफ्नै दलका सांसदसँग सम्बन्ध त्यति सुमधुर छैन । उनको विषयमा नेकपाभित्रै विवाद रहेको बताइन्छ । यस्तोमा नेकपा विवाद मिलाउने बहानामा उनलाई राजीनामा गर्न लगाउने तयारी रहेको छ ।
केन्द्रले उनलाई नहटाएको अवस्थामा भने प्रदेश भित्रैबाट उनीविरुद्ध कदम चाल्ने तयारी समेत रहेको बागमती प्रदेशका ती सांसदले बताए । बागमती प्रदेशकी १ सय १० सिटमा नेकपासँग ९० सिट रहेको छ । तर तीमध्ये ६० जना सांसद डोरमणि विरुद्ध रहेको बताइन्छ ।
विशेषगरी यो वर्षको बजेटको विषयमा अधिकांश सांसद उनको विपक्षमा गएको बुझिएको छ ।
सो बजेटमा पोष्टबहादुर बोगटी कुुलेखानी सुरुङमार्गका लागि १ खर्ब छुट्याएको विषयमा प्रश्न उठेको थियो। दलको बैठकमा जवाफ दिदै मुख्यमन्त्री पौडेलले सो सुरुङमार्गका लागि छुट्टाएको रकम हटाउने जानकारी दिएका थिए । संसदीय दलको एक कार्यसमिति बनाएर बजेट सच्याउने आश्वासन डोरमणिले दिएका थिए।
बजेटको सोही विषय सच्चाउनका लागि सुझाव दिने भन्दै एक कार्यदल समेत गठन भयो । आन्तरिक मामला तथा गृहमन्त्री शालिकराम जम्मरकटेलको संयोजकत्वमा प्रमुुख सचेतक केशव पाण्डे, सदस्यहरु केशव पोखरेल, रत्न ढकाल, प्रतिमा श्रेष्ठ रहेको कार्यदल बनाइयो । तर कार्यदलको अवधि नसकिँदै बजेट पारित भयो ।
गत असार २० मा पारित बजेट कार्यान्वयनको चरणमा गैसकेको छ । तर कार्यदलले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन । यो विषयमा डोरमणिसँग अन्य सांसदहरु रुष्ट बनेको बताइएको छ । यो बाहेक यसअघिका उनको विवाद र कार्यशैलीका कारण पनि करिब ६० सांसद उनको विरुद्ध खुला रुपमै लागेको बताइन्छ ।
यतिबेला नेकपाभित्रको विवाद चर्केका कारण यो विवाद सतहमा नआएको बुझिएको छ । तर विवाद समाधानसँगै केन्द्र र प्रदेश दुबै
काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट...
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend