रूपन्देही । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने क्रम दिनदिनै बढिरहेको छ । शुक्रबार बिहानमात्रै बुटवलमा कोरोना संक्रमणबाट ६४ वर्षीय पुरुषको मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो ।
अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाका अनुसार प्रेसरको औषधि सेवन गरिरहेका उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो ।