विराटनगर । बिराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ बर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो । ती पुरुषलाई अस्पतालले बेड छैन भनेपछि ‘होम आइसोलेसन’मै राखिएको थियो ।
बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएपछि ‘होम आइसोलेसन’मै राखिएका उनको अवस्था गम्भीर बनेपछि बिहीबार कोभिड अस्पतालमा लान खोज्दा आइसोलेसन बेड नभएको जानकारी दिइयो । राति उनको निधन भएको मृतकका परिवारजनको गुनासो छ । पीसीआर परीक्षणका लागि भदौ १ गते सोमबार उनको स्वाब संकलन गरिएको थियो ।