Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसपी खरेल किन २ महिनामै तानिए ?


    बिहिबार, भाद्र ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विमल कँडेल र दीपक खरेल 

    काठमाडौं । पाल्पाका एसपी दीपकराज खरेल सरुवा भएको २ महिनामै तानिएका छन् । उनी असार २ मा पाल्पामा सरुवा भएका थिए । बिहीबार भएको सरुवामा उनलाई प्रहरी पहरा गण त्रिपुरेश्वरमा खटाइएको छ ।

    त्यस्तै, स्याङ्जाका एसपी विमलराज कँडेल पनि सरुवा भएका छन् । उनलाई पनि ६ महिनाअघिमात्र सरुवा गरिएको थियो । ठाकुरप्रसाद ज्ञवाली आइजीपी भएपछि उनलाई स्याङ्जामा सरुवा भएको थियो । सरुवा भइसकेपछि सामान्यतया १ बर्षसम्म सरुवा हुँदैन ।

    कुनै विवादमा परेमात्र बीचैमा तान्ने प्रचलन भए पनि खरेल र कँडेललाई किन तानियो भन्ने खुलेको छैन । खरेल र कँडेल नाताले ज्वाई जेठान हुन् । खरेल कँडेलका बहिनीज्वाई हुन् ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार