काठमाडौं । सरकारका पछिल्ला नियुक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेअसन्तुष्टि जनाएका छन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटेमा प्रचण्डले नेकपा विवाद समाधानका लागि कार्यदल गठन भएयता सरकारले गरेका नियुक्तिप्रति असन्तुष्टि जनाएका हुन् । भेटमा प्रचण्डले पछिल्ला नियुक्ति खारेज गर्न ओलीसँग माग पनि गरेकाे स्राेतले बताएकाे छ।
प्रचण्ड निकट स्रोतले भन्यो ‘अध्यक्ष कमरेडले आजको भेटमा पछिल्लो पटक जे जस्ता राजनीतिक नियक्तिहरु भएका छन् । ति सबै खारेज गर्नुस् भन्नुभएको जानकारी पाएको छु । विशेषगरी अध्यक्षले सोमबारको मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्टि जनाउनु भएको हो’,।
तर, प्रधानमन्त्री ओलीले भने कार्यदल गठनअघि नै ती नियुक्तिहरु प्रक्रियामा रहेका र निर्णयहरु गरिएको जवाफ दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। यद्यपि भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा काम नगराउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ । त्यस्तै सरकालले तीन देशका राजदुत पनि नियुक्त गरेको थियो। यिनै नियुक्तिमा दाहालले असन्तुष्टि जनाएका हुन् ।
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend