Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रहरीकै भ्यानबाट टाप कसे बलात्कार अभियुक्त


    सोमबार, फाल्गुन १५ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित भागेका छन् । सबैला नगरपालिका -१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर भागेका हुन् ।

    बलात्कार मुद्दामा पक्राउ परेका उनलाई हिजो जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्काउने क्रममा फरार भएको प्रहरीले जनाएको छ ।

    हिजो साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हाम फालेर भागेका उनको खोजी भईरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार