Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैंकका कर्मचारीलाई नरोक्न गृहकाे निर्देशन


    बिहिबार, भाद्र ४ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। बैंकका कर्मचारीलाई नरोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो।

    विहीबार प्रहरीले उपत्यकामा बैंकका कर्मचारीलाई बाटोमै रोकेपछि बैंकर्स संघले सवै बैंकका शाखा बन्द गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवाभित्र पर्ने बैंकलाई संचालनका लागि सहजता प्रदान गर्न बैंकर्स संघले आव्हान गरेसँगै गृहको उक्त निर्देशन आएको हो ।  

    गृहले उपत्यकाका तीनवटै जिल्ला प्रशासनलाई पत्र पठाएर अत्यावश्यक सेवाभित्र रहेको बैङ्किङ प्रणाली संचालनमा ल्याउन कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण बनाउन निर्देशन दिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार