दाङ । गुडिरहेको एम्बुलेन्सबाट खसेर दाङको लमहीमा एक महिलाको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका–७ घर भएकी ३५ वर्षीया कमला बिकको मृत्यु भएको हो ।
कमला गुडिरहेको एम्बुलेन्सबाट लडेकी थिइन् । उनको टाउकोमा गहिरो चोट लागेको थियो । उनको उपचारको क्रममा गएराति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।
उनी नेपालगञ्जमा उपचार गरेर घर फर्किदै गर्दा भे१च १६४५ नम्बरको एम्बुलेन्सबाट लडेकी थिइन् ।
कमलासँगै एम्बुलेन्समा अन्य दुई जना सवार थिए । एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रणमा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।