Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई डीआईजीसहित प्रहरीका ७४१ जनामा कोरोना संक्रमण


    बिहिबार, भाद्र ४ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दुई डीआईजीसहित नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको छ । तीमध्ये ४५७ जना सक्रिय संक्रमित छन् भने २ सय ८४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

    प्रहरी प्रधान कार्यालयमा कार्यरत १ सय ६९ र उपत्यकाका ३८ जना सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २९, प्रदेश २ मा ६२, बागमती प्रदेशमा ४८, गण्डकीमा ४३, प्रदेश ५ मा ५५, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा ६ जना सक्रिय संक्रमित छन् ।

    पछिल्लो समय प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार