Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १२० पुग्यो


    बुधबार, भाद्र ३ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १/१ पुरुषहरु साथै मोरङ, भक्तपुर, सुनसरी र चितवनमा १/१ जना महिला रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

    यही २४ घण्टाकै बीचमा थप ६८१ जना नयाँ संक्रमित पनि फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कुल संक्रमित भने २८ हजार ९३८ पुग्दा सक्रिय संक्रमित भने ११ हजार ११८ जना मात्र रहेको मन्त्रालयले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार