Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • शर्त नमाने पीसीआर अनुमति खारेज गर्ने सरकारकाे चेतावनी


    बुधबार, भाद्र ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं ।  सरकारले शर्त नमाने पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने चेतावनी दिएकाे छ । निजी अस्पतालहरुले कोरोना भाइरस संक्रमितका उपचारका लागि २० प्रतिशत बेड नछुट्याए उक्त अनुमति खारेज गरिने सरकारले चेतावनी दिएकाे हाे ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित कोभिड १९ नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मेडिकल कलेजले एक तिहाइ बेड कोरोनाको उपचारका लागि छुट्याए उनीहरुले पीसीआर परीक्षणका लागि अनुमति पाउने पनि जानकारी गराए ।

    केही समयअघि मन्त्रालयले कोभिड उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एक तिहाइ आइसोलेसन बेड छुट्याउन निर्देशन दिएको थियो । प्रवक्ता गौतमले निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्दिनँ भन्न नपाउने बताए ।  

    डा गौतमका अनुसार अब सरकारी अस्पताल भरिभराउ हुने सम्भवाना छ । निजीले उपचार गर्दिनँ भन्न मिल्दैन । यो उनीहरुको जिम्मेवारी तथा बाध्यता हो। संक्रमण फैलिन्छ भन्ने कुरा छ तर अब अस्पताल नै बन्द गर्ने त? उनले हब अस्पताल पनि भर्दा कोरोनाको बिरामी आफैं उपचार गर्नुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार