एजेन्सी । बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ ।
प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिने बताए । तर यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण सफल, सुरक्षित र प्रभावकारी हुनुपर्ने उनको भनाई थियो ।
प्रधानमन्त्री मरिसनले अक्सफोर्डको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको र यो सफल हुन अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिए।
उनले भने, “यदि यो खोप सफल प्रमाणित भए हामी तत्कालै उत्पादन गरेर २ करोड ५० लाख अस्ट्रेलियालीलाई निःशुल्क उपलब्ध गराउने छौं ।”