Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६ लाख ४० हजार रूपैयाँसहित २ महिला दशगजाबाट पक्राउ


    बुधबार, भाद्र ३ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । जिल्ला प्रहरी कार्यालय राैतहटले श्रोत नखुलेको ६ लाख ४० हजार रूपैयाँसहित २ भारतीय महिलालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा भारतको विहार सितामढी बैरगनिया ग्राम पंचायत वडा नं. १ सिन्दुरीया वस्ने वर्ष ४५ की शान्तिदेवी र सोही ठाउँ वस्ने वर्ष ४५ की मिनादेवी रहेका रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए ।

    गौर नगरपालिका -३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका उनीहरूलाइ उक्त रकमसहित प्रहरीले पक्राउ गरेकाे हाे। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार