Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण


    बुधबार, भाद्र ३ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो।

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९३८ जना पुगेको छ। 

    पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ७०० उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ११८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार