Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ सय २० जना काेराेना संक्रमित डिस्चार्ज


    बुधबार, भाद्र ३ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ८१ जनामा संक्रमण देखिएको हो ।

    नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

    पछिल्लो  २४ घण्टामा कोरोना संक्रमण निको भएर १ सय २० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७ सय पुगेको छ ।

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार काठमाडौं जिल्लामा १ सय ३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार