काठमाडौं । नेपालका शिर्ष नेतासँग भेटवार्ता गरेपछि भारतीय राजदूत दिल्ली प्रस्थान गरेका छन्। पछिल्लो राजनितीक घटनाक्रमको रिपोर्टिङ गर्न दिल्लीले बोलाएपछि भारतीय राजदूत विनयमोहन क्वात्रा हिजो मध्यान्ह व्याकडोरबाट माधव नेपालको निवास कोटेश्वरमा पसेका थिए र लामो भलाकुसारी गरेर दुतावास फर्किएका थिए।
उनी साेही दिनकाे साझँ ५ बजेपछि प्रचण्डसँग परामर्श लिन खुमलटार पुगेका थिए । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा आफ्नो रिपोर्ट र प्रचण्ड माधव नेपालको प्रस्ताव बोकेर राजदूत क्वात्रा दिल्लीको लागि प्रस्थान गरेको बुझिएको छ ।
त्यति मात्रै होइन उनले प्रधानमन्त्री केपी शर्मा ओलीका निकट पात्र मानिने उद्योग राज्य मन्त्री मोती दुगडलाई समेत शाही नातेदारको घरमा भेटेका थिए । त्यस्तै राजनीतिक ब्युरो प्रमुख भिप्रा पाण्डे लगायतसँग प्रधानमन्त्री ओलीका अर्का विदेश मामिला सल्लाहाकार राजन भट्टराईले भेट गरेका थिए । यी सबै घटनाक्रमको रिपोर्टिङ गर्न उनी दिल्ली प्रस्थान गरेको पाइएको छ ।
चारजना सहयोगीका साथ उनी सडकमार्गबाट बुधबार दिल्लीका लागि प्रस्थान गरेकाे स्राेतले बताएकाे छ। राजदूत क्वात्रा विहान नागढुङ्गाबाट बाहिरिएका छन् । उनी भैरहवा सुनौली नाकाबाट भारत प्रवेश गरेर दिल्ली गएका हुन्। स्राेतका अनुसार उनी आगामी ६ गते नेपाल फर्किने बुझिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend